२०८२ कार्तिक २७ गते, बिहीबार १०:५७

इण्डोनेसियाको माउण्ट राउङ ज्वालामुखी विस्फोट, पूर्वी जाभामा उडान शतर्कता जारी

ज्वालामुखीको वरपर ५ हजार मिटर मुनि विमानहरूलाई उडान गर्न निषेध गरेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ज्वालामुखी विस्फोट: इण्डोनेसियाको माउन्ट राउङमा बिहीवार दुई पटक ज्वालामुखी विस्फोट भयो, जसमा बिहान ४:४३ बजे ठूलो खरानीको मुस्लो आकाशमा उडेको थियो।
  • उडान निषेध र चेतावनी: विस्फोटपछि ५,००० मिटर मुनिका क्षेत्रमा विमान उडान निषेध गरिएको छ र ज्वालामुखीको ३ किलोमिटर भित्र कुनै गतिविधि नगर्न सल्लाह दिइएको छ।
  • सक्रिय ज्वालामुखी: समुद्री सतहबाट ३,३३२ मिटर उचाइमा रहेको माउन्ट राउङ इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीमध्ये एक हो।

काठमाडौँ-

इण्डोनेसियाको पूर्वी जाभा प्रान्तको बान्युवांगी रिजेन्सीको माउण्ट राउङमा बिहीवार ज्वालामुखी विस्फोट भएको छ । जसले गर्दा उडान शतर्कता जारी गरिएको देशको ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रले जनाएको छ । बिहीवार दुई पटक विस्फोट भएको थियो । जसमध्ये ठूलो जकार्ता समय बिहान ४ः४३ बजे आकाशमा खरानीको मुस्लो उडेको थियो ।

ज्वालामुखीको वरपर ५ हजार मिटर मुनि विमानहरूलाई उडान गर्न निषेध गरेको छ । समुदाय, पर्यटक र आगन्तुकहरूलाई क्रेटरको ३ किलोमिटर दायरा भित्र कुनै पनि गतिविधिमा संलग्न नहुन सल्लाह दिइएको छ ।

समुन्द्र सतहबाट ३ हजार ३ सय ३२ मिटरको उचाइमा रहेको माउन्ट राउङ इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीहरू मध्ये एक हो ।

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार

पोडकास्ट सुन्नुहोस