मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताउनु भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताउनु भयो । अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री सुडीले आफू मन्त्री भएपछि दुई अर्ब ८ करोडको बजेट ल्याउन सफल भएको र यसअघि १ अर्बको मात्रै बजेट रहेको बताउनु भयो ।