२०८२ असार १७ गते, मंगलवार ०७:४१

झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा चरिगाउँ विमानस्थललाई बेवास्ता गरेको दाबी गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  बजेटमा पक्षपातको आरोप: सांसद दीपक गिरीले बजेट विकास वा लगानीमैत्री नभई सत्ताधारीमैत्री भएको आरोप लगाउँदै चरिगाउँ विमानस्थल जस्ता महत्वका आयोजनालाई बेवास्ता गरिएको बताए।
  • क्षेत्रीय विभेदप्रति आपत्ति: झापामा होमस्टे र पार्क निर्माणको लागि बजेट छुट्याइए पनि दंगाली जनताको अपेक्षा विपरीत चरिगाउँ विमानस्थलका लागि न्यून बजेट विनियोजन गरिएको भन्दै आलोचना गरे।
  • व्यंग्य र असन्तोष: किरियापुत्री भवनका लागि ३ करोड छुट्याइए पनि जनजीवनमा प्रभाव पार्ने आयोजना उपेक्षित भएको भन्दै गिरीले अर्थमन्त्रीको बजेट वितरण शैलीलाई व्यंग्य गरेका छन्।

काठमाडौँ-

नेपाली काँग्रेसका सांसद दीपक गिरीले आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट सत्ताधारीमैत्री भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले बजेट विकासमैत्री, लगानीमैत्री नभएर सरकारमैत्री भएको आरोप लगाउनुभएको हो । उहाँले झापामा होमस्टेदेखि पार्क निर्माणसम्मका लागि बजेट छुट्याइँदा चरिगाउँ विमानस्थललाई बेवास्ता गरेको दाबी गर्नुभयो । उहाँले बजेटले दंगाली जनता र त्यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति विश्वासघात गरेको आरोप लगाउनु भयो ।

प्रधानमन्त्रीले समेत पटक पटक संसदमा चरिगाउँ विमानस्थल बन्छ भनेर भनिरहेको अवस्थामा ७० देखि ९० करोडको अनुमान गरिएको जग्गा अधिकरणका लागि एक करोड विनियोजन गरेर जनप्रतिनिधिलाई नंग्याउन खोजेको बताउनु भयो । उहाँले किरियापुत्री भवन बनाउन तीन करोड बजेट छुट्याउने सरकारले जनताको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनालाई १ करोड बजेट छुट्याइनु हास्यास्पद र जनप्रतिनिधिलाई नंग्याउन खोजिएको टिप्पणी गर्नुभयो ।

उहाँले अर्थमन्त्रीले सभामुख महोदयलाई पनि माया गरेर २५ लाखको एउटा आयोजना दिएको भन्दै व्यंग्य गर्नुभएको यिथयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस