२०८२ असार १७ गते, मंगलवार ०७:१२

संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पु¥याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूचि हेरफेर गर्नुभएको उहाँको दाबी थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री प्रश्नोत्तर हटाइनुमा असन्तोष: प्रमुख सचेतक महेश वर्तौलाले नियमावली अनुसारको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइनु दुःखद् भएको बताउनुभयो।
  • रास्वपाप्रति आलोचना: वर्तौलाले रास्वपाले संसदीय प्रणालीमा आए पनि यसको पद्धति र संस्कारमा अभ्यस्त नभएको आरोप लगाउँदै, नाराबाजी गराउने शैली असोभनीय भएको उल्लेख गर्नुभयो
  • सरकारको तयारी: अध्यागमन र भिजिट भिषा प्रकरणबारे प्रमुख प्रतिपक्षसँग सहमति भइसकेको भन्दै, सरकारले मागहरू सुन्ने मात्र नभई कार्यान्वयन गर्न पनि तयार रहेको दाबी गर्नुभयो।

काठमाडौँ-

नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमावली वमोजिम निर्धारण भएपनि सूचिबाट हटाइनु दुःखद् भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले नियमावलीमै व्यवस्था भएको विषयमा रास्वपाले अर्घेल्याई गर्नु दुःखद् भएको बताउनुभएको हो । संसदमा रास्वपाको विरोध जारी रहेको अवस्थामा प्रधानमन्त्रीलाई रोष्टममा पु¥याएर नाराबाजी गराउने विषय शोभनीय नदेखिने अवस्थामा सभामुखले कार्यसूचि हेरफेर गर्नुभएको उहाँको दाबी थियो ।

उहाँले अध्यागमन प्रणाली र भिजिट भिषा प्रकरणमा प्रमुख प्रतिपक्षी दलसँग भएको दुई बुँदे सहमतिमा सबै कुरा समेटिएको दावी गर्दै अब रास्वपाले मागेको के हो भन्दै प्रश्न गर्नुभयो । संसदीय लोकतान्त्रिक प्रणालीमा विपक्षी दल मुख्य कुरा भएपनि उनीहरुसँग हुने समझदारी मुख्य विषय हुने भन्दै रास्वपा संसदीय प्रणालीमा आएपनि पद्धति र संस्कारमा अभ्यस्त हुन नसकेको बर्तौलाको आरोप थियो ।

उहाँले रास्वपाले उठाएको मुद्दा सुन्छ कि सुन्दैन भनिरहनुभन्दा सरकारले सुन्नेमात्र हैन कार्यान्वयन गर्नसमेत तयार रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस