२०८२ पुष २७ गते, आईतवार १४:१८

माओवादी सांसद पौडेलले भने– समाजवादतर्फ सरकारको दृढ इच्छाशक्ति देखिएन

समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  समाजवाद अनुरूप बजेट नभएको आलोचना: सांसद देवेन्द्र पौडेलले सरकारको बजेट समाजवादको साझा सपना, सङ्कल्प र लक्ष्य अनुसार विनियोजन नभएको बताउनुभयो।
  • सरकारमा इच्छाशक्ति अभाव: उहाँले समाजवादको मार्गमा दृढ इच्छाशक्ति र सङ्कल्पको कमी देखिएको भन्दै सरकारको आलोचना गर्नुभयो।
  • बजेटप्रति निराशा: बजेटले देश निर्माणको सपना झल्काउन नसकेको र जनतामा आशा जगाउन असफल भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले समाजवादको लक्ष्य अनुरूप दृढतापूर्वक बजेट विनियोजन नभएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादलाई साझा सपना, सङ्कल्प र लक्ष्यका रूपमा व्याख्या सरकारमा त्यसअनुसारको दृढ इच्छाशक्ति नदेखिएको टिप्पणी गर्नुभयो । समाजवादका साझा सपना, सङ्कल्प, लक्ष्य र उद्देश्य प्राप्तिको लागि सरकारको इच्छाशक्ति र दृढ सङ्कल्प नहुनु दुःखद भएको बताउनु भयो ।

उहाँले समाजवादको लक्ष्य अनुरूप बजेट नआएकी कारण सदनभित्र सत्तापक्ष, प्रतिपक्षी, नारा र बहिष्कार चलिरहेको जिकिर गर्नुभयो । उहाँले बजेटले उक्त कुराको दिशावोध नगर्नु समेत दुःखद भएको बताउँदै आफूले बजेटमा देश निर्माणको सपना खोजी रहेको बताउनु भयो ।

उहाँले बजेटले सरकारमा आशा जगाउन नसकेको जिकिर गर्नुभयो ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस