२०८२ असार १७ गते, मंगलवार ०७:२७

पुराना राजनीतिक दलहरुले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  पुराना दलप्रति आलोचना: अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरूले देश, समाज र पार्टीलाई व्यवस्थित गर्न नसकेको आरोप लगाउँदै त्यसैका कारण नकारात्मक शक्ति सल्बलाएको बताउनुभयो।
  • पुनःउत्थानवादी शक्तिको उदय: उहाँले कमजोरीको फाइदा उठाउँदै पुनःउत्थानवादी शक्तिहरू सडक र सदनमा सक्रिय भएको जिकिर गर्नुभयो।
  • जसपा बलियो बनाउने प्रतिबद्धता: अध्यक्ष राईले जनता समाजवादी पार्टीलाई जरैदेखि बलियो बनाउने र सरकारले नकारात्मक तत्वहरूसँग मिल्न नहुने धारणा राख्नुभयो।

काठमाडौँ-

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरुले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको बताउनुभएको छ ।

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुराना राजनीतिक दलहरुले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताउनु भयो । उहाँले जसको परिणमतः पुनःउत्थानवादी शक्तिहरुले बढी चलखेल गर्ने आँट गरिरहेको बताउनु भयो ।

पुराना दलहरुको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरु सडक र सदनमा आएको जिकिर गर्नुभयो । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष राईले सरकार सकारात्मक रुपमा अघि बढ्नुपर्ने र नकारात्मक क्रियाकलाप गर्नेहरुसँग सरकार मिल्नु नहुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस