२०८२ असार १६ गते, सोमबार २२:४४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ध्यानाकर्षण पत्र बुझाइयो: जनमत पार्टी पर्साले अनियमित विद्युत् कटौती र भोल्टेज समस्याविरुद्ध नेपाल विद्युत् प्राधिकरण वीरगन्जमा ध्यानाकर्षण पत्र बुझायो।
    • आन्दोलनको चेतावनी: समस्या समाधान नभए गाउँ–गाउँबाट जनसहभागिता सहित चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी पार्टीले दिएको छ।
    • जनआक्रोशको संकेत: विद्युत् सेवामा लापरबाही र अनियमितताले स्थानीय जनतामा असन्तुष्टि र आक्रोश बढेको देखिएको छ।

    वीरगन्ज –

    जनमत पार्टी पर्साले अनियमित विद्युत् कटौती, लोडसेडिङ, पावर कट तथा भोल्टेजसम्बन्धी समस्याको विरोधमा शुक्रवार नेपाल विद्युत् प्राधिकरण वीरगन्जमा ध्यानाकर्षण पत्र बुझाएको छ।

    पार्टीले अनियमित विद्युत् कटौतीले सर्वसाधारण जनतामा गम्भीर असर परिरहेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्र बुझाउने क्रममा पार्टीले यस्ता समस्या तत्काल समाधान नगरे जनस्तरबाट ठूलो आन्दोलन चर्काउने चेतावनी दिएको छ।

    जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले विद्युत् सेवा नियमित नगरे पर्साका गाउँ–गाउँबाट जनता र पार्टी कार्यकर्ताहरूलाई सहभागी गराई चरणबद्ध रूपमा कडा आन्दोलन सुरु गरिने बताए। उनले भने, “विद्युत् जस्तो आधारभूत सुविधामा लापरबाही र चरम अनियमितता जनताको अपमान हो।”

    पार्टीले विद्युत् सेवामा देखिएको समस्याको तत्काल समाधान र नियमित आपूर्तिको माग गरेको छ। यो घटनाले स्थानीय स्तरमा विद्युत् सेवाप्रति बढ्दो असन्तुष्टि र जनआक्रोशलाई उजागर गरेको छ।

    प्रतिक्रिया

    neelambads

    पोडकास्ट सुन्नुहोस