२०८२ आश्विन २० गते, सोमबार २२:४१

तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सिमितः पूर्वअर्थमन्त्री महत

नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाइए पनि उक्त कार्यविधिको कार्यान्वयन भएको बताउनुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • तीन करोडभन्दा कमको आयोजना कार्यान्वयन नभएको: पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्र सरकारले तीन करोडभन्दा तलका आयोजना नगर्ने निर्णय कागजमै सीमित भएको र कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको बताए।
  • बजेटको प्रभावकारिता कमजोर: आगामी आर्थिक वर्षको बजेट पनि विगत झैं छरिएर परिणाम नदिने चिन्ता व्यक्त गर्दै, बजेटको प्रभावकारिता कम हुने टिप्पणी गरे।
  • अत्यधिक आयोजना प्रस्तावको आलोचना: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अत्यधिक—तीन हजारभन्दा बढी आयोजना प्रस्ताव गरिनु परिमाणमुखी नहुने संकेत भएको बताए।

काठमाडौँ-

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सिमित भएको बताउनुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अर्थमन्त्रीले तीन करोड भन्दा तलको आयोजना नगर्ने प्रतिवद्धता जनाए पनि उक्त सिद्धान्तमा अडिग रहन नसकेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारिता पनि गत वर्षहरूको जस्तै कम हुने चिन्ता व्यक्त गर्नुभयो ।

बजेट विभिन्न ठाउँमा छरिएर विनियोजन हुने र परिणाम ननिस्कने अवस्था यसपालि पनि कायम हुनु दुःखद् भएको बताउनु भयो । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाइए पनि उक्त कार्यविधिको कार्यान्वयन भएको बताउनुभयो ।

उहाँले उक्त कार्यान्वयन हुन नसक्दा धेरै ठुलो समस्या आउने जिकिर गर्नुभयो । उहाँले प्रदेशमा देखिएको अराजकताको कुरा गरेरै साध्य नभएको बताउँदै केन्द्र सरकार पनि त्यसबाट मुक्त हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बढीमा तीन÷चार सय आयोजनाहरू प्रश्तावित हुनुपर्नेमा तीन हजार बढी आयोजनाहरू प्रश्तावित गरिएको भन्दै यसले परिमाण निकाल्न नसक्ने जिकिर गर्नुभयो ।

पोडकास्ट सुन्नुहोस