२०८२ असार १७ गते, मंगलवार ०१:०७

राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई कार्यक्रममा आबद्ध गराउँदा बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • स्वास्थ्य बीमा कार्यक्रम सुरु: राष्ट्र सेवक र संगठित क्षेत्रका कर्मचारीका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको छ, जसले बीमा प्रणालीलाई दिगो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
  • स्वास्थ्य विज्ञान प्रतिष्ठान एकीकरणको तयारी: छुट्टाछुट्टै ऐनबाट सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्न मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको छ, र १५ दिनभित्र राय सुझाव मागिएको छ।
  • कोभिड संक्रमणको जानकारी: जनवरी १–१९ सम्म १६४ र पछिल्लो एक सातामा ३३ वटा नयाँ कोभिड संक्रमण पुष्टि भएको जानकारी दिइएको छ।

काठमाडौँ-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको बताउनुभएको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता बुढाथोकीले सम्बन्धित मन्त्रालयको सहजीकारका लागि थालेको पहल बमोजिम असार १ गते देशभरका गाउँपालिका र नगरपालिकालाई पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई कार्यक्रममा आबद्ध गराउँदा बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, नेपालमा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छुट्टाछुट्टै ऐनबाट सञ्चालित रहेकोमा सबै प्रतिष्ठानलाई एकीकृत रुपमा सञ्चालनका लागि मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा मस्यौदा विधेयकको दफा, प्रश्तावित व्यवस्था, राय सुझाव दिइएको विषय र पुष्ट्याइँसहितको ढाँचामा पठाउन सूचना प्रकाशन गरिएको बताउनु भयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनवरी १ देखि १९ सम्म एक सय ६४ र पछिल्लो एक सातामा ३३ वटा कोभिड संक्रमण पुष्टि भएको जानकारीसमेत दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस