२०८२ असार १६ गते, सोमबार २०:२३
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •   भ्रष्टाचारमा संलग्न कर्मचारी पक्राउ: अख्तियारले पोखरिया नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा सदीप साहलाई भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिएको छ।
  •  अनियमितताको उजुरीपछि छापामारी: योजनाको स्वीकृति र कर्मचारी नियुक्तिमा अनियमितताको उजुरीपछि छानबिन हुँदा ठूलो भ्रष्टाचार भेटिएको हो।
  •  प्राविधिक प्रमाण संकलन: पक्राउ परेकासँग चार मोबाइल जफत गरिएको छ भने थप अनुसन्धानका लागि अन्य कर्मचारीहरूबाट पनि मोबाइल बरामद गरिएको छ।

पर्सा-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका कर्मचारीमाथि भ्रष्टाचारको आरोपमा कारबाही गरेको छ। योजनाहरूको स्वीकृति र कर्मचारी नियुक्तिमा अनियमितताको उजुरीपछि छानबिन गर्दा ठूलो अनियमितता फेला परेको हो।

आयोगको टंगाल टोलीले पोखरियाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव (हाल बहादुरमाई नगरपालिकामा कार्यरत) र नायब सुब्बा सदीप साह लाई वीरगन्ज महानगरपालिका, वडा नं. १२, प्रतिमा चोक र वडा नं. ३, प्रगतिनगरबाट नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट चार थान मोबाइल जफत गरिएको छ।

यसैगरी, पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नं. २ का सचिव ओम प्रकाश चौरसिया को साथबाट दुई थान मोबाइल बरामद गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस