२०८२ असार १७ गते, मंगलवार ०१:१९

दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • दैलेखमा मिथेन ग्याँस पत्ता: प्रधानमन्त्री ओलीले दैलेखमा ५० वर्षलाई पुग्ने ११२ मिलियन मेट्रिकटन मिथेन ग्याँस फेला परेको बताएका छन्।
  • धौवादी फलाम कारखाना: धौवादीमा फलाम, आइरन, स्टिल उत्पादन हुने कारखाना निर्माण कार्य अघि बढिरहेको र यसले नेपाललाई सय वर्ष पुग्ने स्रोत दिन सक्ने दाबी।
  • आर्थिक लाभ र रोजगारी: ग्याँस र फलाम उत्खननबाट देशको मुद्रा बाहिर जान नपर्ने, ठूलो आम्दानी हुने र स्वदेशमै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको।

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा ५० वर्षसम्म नेपाललाई पुग्ने मिथेन ग्याँस पत्ता लागेको बताउनुभएको छ ।

शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १ सय १२ मिलियन मेट्रिकटन ग्याँस पत्ता लागेको बताउँदै यसबाट नेपालले आर्थिक उन्नति गर्नसक्ने बताउनु भयो । उहाँले दैलेखमा रहेको ग्याँसको अध्ययनका लागि पनि आफूले नै काम शुरु गरेको र अहिलेको फ्लाइओभरको उद्घाटन पनि आफूले नै गरेको बताउनु भयो ।

धौवादी फलाम कारखानाको काम अघि बढिरहेको र धौवादी फलाम कारखाना सम्पन्न हुने बित्तिकै नेपाललाई सय वर्षलाई पुग्ने फलाम, आइरन, स्टिल प्राप्त हुने दाबी गर्नुभयो । त्यसले देशलाई ठूलो टेवा पुग्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले उहाँले धौवादी फलाम कारखानाको उत्खनन र मिथेन ग्याँसको प्राप्तिसँगै विदेश जाने मुद्रा नेपालमै रहने र वार्षिक ठूलो आम्दानी हुने बताउनु भयो । यसले स्वदेशमै रोजगारी सिर्जना हुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस