२०८२ असार १७ गते, मंगलवार ०१:०२

बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षित गर्न नीति तथा कानून बनाउने र कार्यान्वयन गर्ने विषयमा सरकार दृढतापूर्वक प्रस्तुत हुने जिकिर गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • देशको ब्रान्डिङको आवश्यकता: मन्त्री बद्रीप्रसाद पाण्डेले देशको सम्पत्ति संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन ब्रान्डिङ आवश्यक रहेको बताए।
  • बौद्धिक सम्पत्तिको संरक्षण: बौद्धिक सम्पत्तिमाथि अधिकार सुनिश्चित नहुनुका कारण उत्पन्न समस्याहरूबारे मन्त्रीले चिन्ता व्यक्त गर्दै सरकार यसलाई सम्बोधन गर्न तयार रहेको उल्लेख गरे।
  • संस्कृति नीति: मन्त्री पाण्डेले संस्कृति नीति मन्त्रिपरिषद्मा प्रस्तुत भइसकेको र उक्त नीतिले बौद्धिक सम्पत्तिलाई समेटेको जानकारी दिए।

काठमाडौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताउनु भयो । उहाँले बौद्धिक सम्पतीमाथिको अधिकारलाई कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर गर्नुभयो ।

उहाँले बौद्धिक सम्पतीका विषयलाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बौद्धिक सम्पत्तिको अधिकारलाई सुरक्षित गर्न नीति तथा कानून बनाउने र कार्यान्वयन गर्ने विषयमा सरकार दृढतापूर्वक प्रस्तुत हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले देशभित्र हाम्रो सम्पतीलाई संरक्षण, विकास, प्रवद्र्धन गर्ने र देशबाहिर ग्लोबल क्षितिजमा हाम्रो आफ्नो परिचय, हाम्रो आफ्नो ब्राण्डिङलाई स्थापित गर्नुपर्नेछ । बौद्धिक सम्पत्तिमाथिको अधिकार हाम्रो कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा बडो पीडामा पनि हुनुहुन्छ होला ।

यी सबै विषयलाई हामीले सम्बोधन गर्ने हो, सरकारले सम्बोधन गर्ने हो । त्यसका लागि नीति बनाउने, कानून बनाउने र कार्यान्वयन गर्ने सन्दर्भमा सरकार दृढतापूर्वक प्रश्तुत हुन्छ ।”

बाइट… बद्रीप्रसाद पाण्डे, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उहाँले संस्कृति नीति मन्त्रिपरिषद्मा रहेको बताउँदै उक्त नीतिले बौद्धिक सम्पतीलाई पनि समेटेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस