♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज- समिक्षा अवधीको तुलनामा वीरगन्ज भन्सार कार्यालयले १६ अर्ब भन्दा बढी रुपैया राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउन देखि जेष्ठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा कार्यालयले १६ अर्ब ३० करोड ८८ लाख रुपैया बढी राजश्व संकलन गरेको हो ।
गत आर्थिक वर्षको ११ महिनामा १ खर्ब ४१ अर्ब ८९ करोड ८४ लाख रुपैया राजश्व संकलन गरेको तुलनामा कार्यालयले चालु आर्थिक वर्षको सोही अवधीमा १ खर्ब ५८ अर्ब २० करोड ७२ लाख रुपैया राजश्व संकलन गर्न सफल भएको छ । यो समिक्षा अवधीको तुलनामा १२ प्रतिशत बढी राजश्व संकलन भएको हो ।
गत आवको तुलनामा राजश्व संकलन बढी भएपनि भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य भने हासिल हुन नसकेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
चालु आवको ११ महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यको ८० प्रतिशत मात्र राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले जानकारी दिनुभयो । उहाँले चालु आवको ११ महिनाका लागि विभागले १ खर्ब ९९ अर्ब ३४करोढ ९९ लाख रुपैया राजश्व संकलनको दिए दिएको तुलनामा कार्यालयले लक्ष्य भन्दा ४१ अर्ब १४ करोड २६ लाख रुपैया कम संकलन भएको बताउनुभयो।
गत वर्षको तुलनामा वीरगन्ज नाकालाई प्रयोग गरी नेपालकालागि हुने मल बस्तुको आयातमा केही सुधार भएपनि कोरोना महामारी अगाडीको पूर्बवत अवस्थामा कारोवार नपुगेको कारण लक्ष्य हासिल हुन नसकेको सुचना अधिकारी तिवारीले जानकारी दिनुभयो।