२०८२ भाद्र १ गते, आईतवार ००:२४

ब्यारेकसँगको कुराकानीको क्रममा लेबनानी राष्ट्रपति जोसेफ आउनले संयुक्त राज्य अमेरिकालाई लेबनानको पुनर्लाभलाई समर्थन गर्न, विशेष गरी दक्षिणमा स्थिरता सुनिश्चित गर्न आह्वान गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • लेबनानी नेताहरूको अमेरिकी दूतसँग भेट: राष्ट्रपति जोसेफ आउन र प्रधानमन्त्री नवाफ सलामले अमेरिकी विशेष दूत थोमस ब्यारेकसँग क्षेत्रीय अवस्था र स्थिरताको विषयमा छलफल गरे।
  • अमेरिकासँग सहयोगको आह्वान: राष्ट्रपति आउनले लेबनानको पुनर्निर्माण र दक्षिण क्षेत्रको स्थिरता सुनिश्चित गर्न अमेरिकी समर्थन माग गर्दै इजरायली सेना कब्जा गरिएका भूभागबाट फिर्ता हुनुपर्ने बताए।
  • सार्वभौमसत्ता र शान्तिको प्रतिबद्धता: प्रधानमन्त्री सलामले लेबनानको सार्वभौमसत्ता कायम राख्ने प्रतिबद्धता दोहोर्‍याउँदै, इजरायललाई फिर्ता गराउन अन्तर्राष्ट्रिय समुदायको सहयोग माग गरे।

काठमाडौँ-

लेबनानी नेताहरूले टर्कीका लागि अमेरिकी राजदुत र सिरियाका लागि विशेष दुत थोमस ब्यारेकसँग भेट गरेका छन्  । ब्यारेकसँगको कुराकानीको क्रममा लेबनानी राष्ट्रपति जोसेफ आउनले संयुक्त राज्य अमेरिकालाई लेबनानको पुनर्लाभलाई समर्थन गर्न, विशेष गरी दक्षिणमा स्थिरता सुनिश्चित गर्न आह्वान गर्नुभयो ।

आउनले कब्जा गरिएका पहाडहरूबाट इजरायली सेना फिर्ता हुन र लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलको जनादेश नवीकरण गर्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता रहेको बताउनु भयो । लेबनानी प्रधानमन्त्री नवाफ सलामले पनि ब्यारेकसँग क्षेत्रीय अवस्थाको बारेमा छलफल गर्नुभयो । सलामले शान्तिप्रति लेबनानको दृढ प्रतिवद्धतामा जोड दिनुभयो ।

लेबनानी भूभागमा पूर्ण सार्वभौमसत्ता कायम राख्न सरकारको प्रतिवद्धता दोहो¥याउनु भयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई लेबनानी भूभागबाट पूर्ण रूपमा फिर्ता हुन इजरायललाई दबाब दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस