२०८२ असार १७ गते, मंगलवार ०४:४१

२०१३ मा पूर्वी सलामियाहको ग्रामिण इलाकामा हिंसा पुगेपछि उनी सिरियाबाट भागेका थिए ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • विश्व शरणार्थी दिवस मनाइयो: शुक्रवार विश्व शरणार्थी दिवसको अवसरमा सिरियाली शरणार्थी अक्रम महमूद अल–शेहादाको कथाले ध्यान तान्यो, जो युद्धका कारण २०१३ मा सिरियाबाट भागेका थिए।
  • घर फर्किएपछि विनाश देखे: यस वर्षको सुरूमा अल–शेहादा र उनका छोराले सिरियाको काबार फद्दा गाउँ फर्किएपछि घरको पूर्ण विनाश देखेर स्तब्ध भए।
  • अस्थायी बसोबास र चुनौती: हाल उनीहरू अस्थायी पालमा जीवन बिताइरहेका छन्, सार्वजनिक सेवाको पहुँच छैन, र उनका अन्य सन्तान जोर्डनमै छन्; अझै ६५ लाखभन्दा बढी सिरियाली शरणार्थी विदेशमै बस्दै आएका छन्।

काठमाडौँ-

शुक्रवार विश्व शरणार्थी दिवस मनाइएको छ । अक्रम महमूद अल–शेहादा सिरियाका फर्केकाहरू मध्ये एक हुन् । जसले युद्धको समयमा आफ्नो घर गुमाएका थिए । ६ जनाका बुबा एक सेवानिवृत्त शिक्षक हुन् ।

२०१३ मा पूर्वी सलामियाहको ग्रामिण इलाकामा हिंसा पुगेपछि उनी सिरियाबाट भागेका थिए । त्यसअघि जोर्डनमा एक दशकभन्दा बढी कठिनाइ भोग्नुपरेको उनी सम्झिन्छन् ।

यस वर्षको शुरुमा, अल–शेहादा र उनको जेठो छोरा हामा प्रान्तको काबार फद्दा गाउँ फर्केका थिए । उनीहरुले भेट्टाएको विनाशले आफूलाई स्तब्ध बनाएको उनी सम्झिन्छन् । हाल अल–शेहादा आफ्नो छोरासँग अस्थायी पालमा बस्छन् र सार्वजनिक सेवाहरूमा पहुँच छैन ।

उनका अन्य छोराछोरीहरू जोर्डनमा बस्छन् । ६५ लाखभन्दा बढी मानिसहरू अझै पनि शरणार्थीको रूपमा विदेशमा बस्छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस