२०८२ भाद्र १ गते, आईतवार ०४:१७

नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • गुटेरेसको कुटनीतिक आग्रह: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल–इरान द्वन्द्व नियन्त्रण बाहिर जान नदिन कूटनीतिक पहल गर्न आह्वान गर्नुभयो।
  • द्वन्द्वको भयावहता: द्वन्द्वले नागरिक मृत्यु, घाइते, पूर्वाधार विनाश र आणविक स्थलमा आक्रमण जस्ता गम्भीर असर पारिरहेको गुटेरेसले बताए।
  • शान्तिको लागि एकता: गुटेरेसले सुरक्षा परिषद्लाई संवादका लागि एकताबद्ध हुन र अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्तिको मार्गमा जुट्न आग्रह गर्नुभयो।

काठमाडौँ-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इजरायल–इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गर्नुभएको छ । सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिनुभएको हो । द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उहाँले युद्ध हुन दिन नहुने बताउनु भयो ।

इजरायल र इरानबीचको द्वन्द्व द्रुत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् ।

यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उहाँको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस