२०८२ असार १७ गते, मंगलवार ०७:३४

योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यि सबैलाई राष्ट्रिय भावमा एकतावद्ध गरी राष्ट्रिय एकता र आपसी भाईचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • योग नेपालको मौलिक सम्पत्ति: मन्त्री बद्रिप्रसाद पाण्डेले योगलाई नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको बताउँदै यसको अभ्यासले राष्ट्रिय एकता र भाइचारा बढाउने विश्वास व्यक्त गर्नुभयो।
  • व्यक्तिगत र सामाजिक लाभ: योग अभ्यासले व्यक्तिको सिर्जनशीलता, अनुशासन, शारीरिक, मानसिक र भावनात्मक विकासमा योगदान गर्ने र स्वस्थ, सभ्य समाज निर्माणमा सहयोग पुर्‍याउने बताइयो।
  • विश्वस्तरमा फैलिँदै गएको योग: योग नेपालको भूमिबाट विकसित भई क्रमशः विश्वस्तरमा फैलिएको उल्लेख गर्दै मन्त्रीले यसको उपयोगलाई समयअनुसार सुधार गरी जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।

काठमाडौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पती भएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यि सबैलाई राष्ट्रिय भावमा एकतावद्ध गरी राष्ट्रिय एकता र आपसी भाईचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरु आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको बताउनु भयो । योगको समुचित उपयोगबाट नै हाम्र काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सिर्जनशिलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने बताउनु भयो ।

योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । योगको क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भयो ।

मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताउनु भयो । योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गर्नुभयो । योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताउनु भयो । सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने आदर्श वाक्यसहित अन्त्र्राष्ट्रिय योग दिवस मनाइरहिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस