२०८२ असार १७ गते, मंगलवार ०१:३७

मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  योग र अनुशासनको सम्बन्ध: प्रधानमन्त्री ओलीले अनुशासनलाई योगको पहिलो सूत्र भन्दै नेपाली समाजमा अनुशासनको अभाव रहेको उल्लेख गर्नुभयो।
  • अहिंसा र शान्तिका लागि योग: उहाँले विश्वमा चाहिएको अहिंसा र शान्तिको पूर्ति योगले मात्र गर्न सक्ने बताउँदै हतियारधारी र अहंकारीहरूले योग र अनुशासन बुझ्न आवश्यक रहेको जिकिर गर्नुभयो।
  • स्वास्थ्य र सादगीमा जोड: प्रधानमन्त्रीले आवश्यकता नभएका कुराको लोभ नगर्न र आफूलाई स्वस्थ राख्न योगको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो।

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाजमा अनुशासनको कमी रहेको बताउनु भयो ।

उहाँले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । हतियारधारी र अहंकारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताउनु भयो । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरुको लोभ गर्न नहुने बताउनु भयो । उहाँले आफूलाई स्वस्थ राख्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस