२०८२ असार १७ गते, मंगलवार ०७:३१

अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • उच्चस्तरीय छानबिन आयोगको माग: सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो।
  • सदनमा जनताको आवाज नसुनेको गुनासो: उहाँले जनताको माग लिएर आन्दोलन गर्दा पनि सदनले त्यो आवाज नसुनेको भन्दै सरकारप्रति प्रश्न उठाउनुभयो।
  • भिजिट भिसाको दुरुपयोगको चिन्ता: श्रेष्ठले भिजिट भिसाबाट नेपालीहरू रसिया र खाडी मुलुकहरूमा जाने क्रम जारी रहेको उल्लेख गर्दै यसबारे सरकार गम्भीर नदेखिएको बताउनुभयो।

काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पाटींकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन माग गर्नुभएको छ ।

शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनु भयो ।

उहाँले सरकारले संसदीय छानविन समिति, उच्चस्तरीय छानविन आयोग किन नबनाएको भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने रु भन्ने उहाँको प्रश्न छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरुको भन्दै प्रशन गर्नुभयो ।

सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरु जाने गरेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस