आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताउनु भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
प्रधानमन्त्री केपी शर्मा ओलीले मिसनका साथ आफूमाथि गालीगलौज गरिरहेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले कसैप्रति वैरभाव नराखेको बताउँदै आफू सधैँ प्रसन्नचित्त रहने गरेको बताउनु भयो ।
तर आफूमाथि केही तत्वहरु मिसनका साथ गालीगलौज गर्न उत्रिरहेको बताउनु भयो । उहाँले आफूले बुझाउन नसक्दा पनि गाली आइरहेको र सबैलाई बुझाउन नसकिने बताउनु भयो । गालीको मिसन चलाउनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले योग मनलाई स्थिर गर्नेकुरा रहेको बताउनु भयो । उहाँले राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गर्नुभयो ।