२०८२ असार १७ गते, मंगलवार ०७:३०

भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको स्पष्ट पार्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • रास्वपाको उद्देश्य: महामन्त्री बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तन र लुटतन्त्रविरुद्ध खबरदारी गर्नु रहेको बताए।
  • भिजिट भिसा प्रकरण र भ्रष्टाचार: उहाँले भिजिट भिसा प्रकरणमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नको छानबिनको लागि सदन र सडकबाट आवाज उठाइएको उल्लेख गर्नुभयो।
  • सडक आन्दोलन र सुसंस्कृत राजनीति: २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिका लागि अभियान थालिएको बताउँदै, पार्टी स्थापना दिवसमा लुटतन्त्रविरुद्ध सडकमा ऐक्यवद्धता प्रदर्शन गरिएको जानकारी दिनुभयो।

काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताउनुभएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको स्पष्ट पार्नुभयो ।

बन्द कोठाभित्र निजी मन्थन नगरौं भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उहाँको भनाई थियो । महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बद्र्धन गर्ने उद्घोष गर्नुभयो ।

उहाँले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फ्रर्त रुपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस