२०८२ असार १७ गते, मंगलवार ०७:१४

गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • छानविन समिति गठनको माग: सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्न एक महिना पर्खनु नहुने भन्दै तत्काल गठनको माग गर्नुभयो।
  • गृहमन्त्रीमाथि अनुसन्धान: उहाँले गृहमन्त्री रमेश लेखकमाथि उठेका आरोपबारे छानविन गर्न समितिको गठन आवश्यक रहेको र यसले संसद सुचारु गर्न सहयोग पुग्ने बताउनुभयो।
  • गृह प्रशासनमा सुधार: मोदीले भिजिट भिसा मात्र होइन, गृह प्रशासनसँग जोडिएका अन्य विकृति र समस्या पनि छानविन गर्नुपर्ने उल्लेख गर्नुभयो।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनु भयो ।

उहाँले त्यसअघि नै छानविन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद सुचारु हुन सहज हुने बताउनु भयो ।

सांसद मोदीले भिजिट भिसा प्रकरणमात्र नभइ गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानविन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस