शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औं योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गर्नुभयो ।-
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औं योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गर्नुभयो । उहाँले बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित वक्यौता रकम उठाउनेबारेमा स्पष्ट योजना नभएको भन्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सापकोटाले विवादित वक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताउँदै बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्ड मानिएको उर्जाक्षेत्र ध्वस्त हुने बताउनु भयो । यो प्रश्तावबाट सरकार पछि हटेर उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विरोधमा रहेका दलको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै निरंकुस शैलीमा बलजफत संसद चलाउनु सुहाउँदो नभएको टिप्पणी गर्नुभयो ।