२०८२ असार १६ गते, सोमबार २३:०१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • युवा समाजको उद्घाटन: पूर्वमन्त्री रमेश प्रसाद कुर्मीले सिरिसिया टोलमा ‘प्रगति सिरिसिया युवा समाज’ को उद्घाटन गर्नुभयो।
  • कार्यक्रमको उद्देश्य: समाजले युवालाई सामाजिक कार्यमा सक्रिय बनाउने र समुदायको समुन्नत विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।
  • उपस्थिति र सहभागिता: कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी र नागरिकहरूको उत्साहपूर्ण सहभागिता रह्यो।

वीरगन्ज –

पूर्वमन्त्री तथा माननीय रमेश प्रसाद कुर्मीले आज सिरिसिया टोलमा श्री प्रगति सिरिसिया युवा समाजको उद्घाटन गर्नुभएको छ। उक्त कार्यक्रममा वडा न. २५ का वडा अध्यक्ष आशुतोष चौरवेदी, वडा सदस्य जगदीश साह तुरहा, समाजसेवी सकल हजरा, समाजसेवी रामाकान्त पटेल, सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र खड्का र प्रहरी बरिष्ठ नायब निरीक्षक गगन बासहि लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउने र समुदायको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको प्रगति सिरिसिया युवा समाजको महत्व र भविष्यका योजनाहरूबारे छलफल गरिएको थियो। पूर्वमन्त्री कुर्मीले युवाहरूलाई सामाजिक एकता र विकासका लागि अग्रसर हुन आह्वान गर्नुभयो।

स्थानीय समुदायको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त कार्यक्रमले सिरिसिया टोलमा युवा सक्रियता र सामुदायिक विकासको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस