२०८२ असार १७ गते, मंगलवार ०१:११

संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मन्त्रीको गैरजिम्मेवारीमा आपत्ति: सचिव योगेश भट्टराईले एकै पटक १० मन्त्रालयमाथि छलफल हुनुपर्ने अवस्थालाई मन्त्रीहरूको संसदप्रति गैरजिम्मेवारी भएको बताए।
  • संसदको प्राथमिकता जोड: संसद चलिरहँदा विनियोजन शीर्षकमाथिको छलफलभन्दा महत्वपूर्ण काम केही नहुने भन्दै मन्त्रीहरूको अनुपस्थितिप्रति प्रश्न उठाए।
  • जवाफदेही र गम्भीरता आवश्यक: भट्टराईले संविधान अनुसार मन्त्रीहरू संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै विधेयकमाथि गम्भीरतापूर्वक भाग लिन सुझाव दिए।

काठमाडौँ-

नेकपा एमाले सचिव योगेश भट्टराईले संसदप्रति मन्त्रीहरु जिम्मेवार नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकै पटक १० वटा मन्त्रालय माथिको छलफल गर्नुपर्ने स्थिति आउनु मन्त्रीको संसदप्रतिको गैरजिम्मवारी भएको जिकिर गर्नुभयो । उहाँले संसद चलिरहेको बेलामा विनियोजन शिर्षकमाथिको छलफल भइरहेको बेलामा त्यो भन्दा महत्वपूर्ण अर्को काम के होला रु भन्दै प्रश्न गर्नुभयो ।

संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने र मन्त्रीहरुलाई प्रधानमन्त्री र संसदप्रति जवाफदेही बनाउने बताउनु भयो । संसदमा उपस्थित भएर गम्भीरताकासाथ नलिने हो भने आफूले प्रश्तुत गरेका विधेयकहरुमा गम्भीरताका साथ अन्यत्र भाग नलिए त्यसप्रति जिम्मेवार नभइने बताउनु भयो ।

सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरुलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस