२०८२ असार १७ गते, मंगलवार ०१:२४

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  विधेयक फिर्ता संकट निम्त्याउने चेतावनी: सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयकझैँ विद्युत विधेयक फिर्ता लिए ऊर्जा क्षेत्रमा ठूलो संकट आउने बताए।
  • सरकारको गैरजिम्मेवारीप्रति आलोचना: उनले विधेयक फिर्ता हुनु सरकारको कानून निर्माणप्रति गैरजिम्मेवारीको संकेत भएको बताए।
  • टेक एण्ड पेको आलोचना: बस्नेतले निजी क्षेत्रको सहभागिता बिना टेक एण्ड पे मोडलमा जानुले २८,५०० मेगावाट विद्युत उत्पादन योजना विफल हुने चेतावनी दिए।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताउनुभएको छ ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताउनु भयो ।

उहाँले सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाउनु भयो । निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने बताउनु भयो ।

सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस