२०८२ असार १७ गते, मंगलवार ०१:३७

सरकारले ल्याएको बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको बताउँदै उहाँले सिंगो बजेट आफु अनुकुलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्षपनि दोहोरिएको दाबी गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • राजनीतिक स्वार्थका लागि बजेट प्रयोग नगर्न चेतावनी: सांसद कृष्णकुमार श्रेष्ठले जनतालाई ऋणको भार बोकाएर बजेटमार्फत आफ्ना राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न सरकारलाई चेतावनी दिनुभयो।
  • स्रोत साधनको दुरुपयोगको आलोचना: उहाँले कर तिर्ने जनताको योगदानको अवमूल्यन नगरी स्रोत साधनमा समानुपातिक अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो र स्रोतको दुरुपयोग जनताले चुनावमा जवाफ दिने दाबी गर्नुभयो।
  • परिणाममुखी परियोजनामा लगानीको आग्रह: श्रेष्ठले मिथेन ग्यासको अन्वेषण उत्साहजनक भएको बताउँदै बजेट छर्ने प्रवृत्ति त्यागेर ठूला, दीर्घकालीन परियोजनामा लगानी गर्न आग्रह गर्नुभयो।

काठमाडौँ-

नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले जनतालाई सार्वजनिक ऋणको भारी बोकाएर बजेटमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने दिवा सपना नदेख्न चेतावनी दिनुभएको छ ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो । उहाँले १६५ निर्वाचन क्षेत्रका जनताले आफ्नो गाँस काटेर तिरेको करको अवमूल्यन नगर्न आग्रह गर्दै राज्यको स्रोत साधनमा समानुपातिक अधिकार दिइनुपर्ने बताउनु भयो ।

उहाँले राज्य स्रोतको दुरुपयोग गर्ने दुःशाहसलाई जनताले २०८४ मा जवाफ दिने बताउँदै बजेट विनियोजनमा गरिएको बेइमानी तत्काल सच्याउन माग गर्नुभयो । सांसद श्रेष्ठले बजेटमाथि कब्जाको नीतिले आगामी चुनाव जित्छु भन्ने लागेको छ भने दिवा सपनाबाट बिउँझन आग्रह गर्नुभयो ।

सरकारले ल्याएको बजेटले मधेस प्रदेशलाई उपेक्षा गरेको बताउँदै उहाँले सिंगो बजेट आफु अनुकुलका क्षेत्रमा प्रयोग गर्ने ठूला नेताको प्रवृत्ति यो वर्षपनि दोहोरिएको दाबी गर्नुभयो ।

उहाँले दैलेखमा रहेको पेट्रोलियम पदार्थ मिथेन ग्यासको अन्वेषणबाट आएको प्रारम्भिक प्रतिवेदनले सबैलाई उत्साहित बनाएको बताउँदै अब कनिका छरे जसरी बजेट छर्ने प्रवृत्ति बन्द गरी यसप्रकारका परिणाममुखी परियोजनामा लगानी वृद्धिका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस