अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गर्नुभयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गर्नुभयो ।
उहाँले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर लड्नुभएको बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताउनु भयो । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताउनु भयो ।