२०८३ मंसिर ११ गते, शुक्रबार ३:२३

प्राप्त अधिकारको रक्षा गरौँः उपप्रधानमन्त्री सिंह

अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्राप्त अधिकारको संरक्षणमा जोड: उपप्रधानमन्त्री प्रकाशमान सिंहले महिलासहित सबैले लडेर ल्याएका अधिकारहरू जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो।
  • मंगलादेवी सिंहको योगदानको स्मरण: उहाँले मंगलादेवी सिंहले महिलालाई मताधिकार र पैतृक सम्पत्तिमा समान अधिकारका लागि गरेको संघर्षको प्रशंसा गर्नुभयो।
  • खेलकुदको महत्त्व: सिंहले खेलकुदले अनुशासन सिकाउने र नेपालको खेल क्षेत्रमा सहभागिता बढिरहेको उल्लेख गर्नुभयो।

काठमाडौँ-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरुले लडेर ल्याउनुभएको जिकिर गर्नुभयो ।

उहाँले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभइ पैतृक सम्पतीमा पनि महिलाको हक छोराहरुको समान हुनुपर्छ भनेर लड्नुभएको बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताउनु भयो । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताउनु भयो ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस