२०८२ असार १७ गते, मंगलवार ००:५६

नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • दोहोरो नागरिकताबारे स्पष्टता: सभापति शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने स्पष्ट पार्नुभयो, तर एनआरएन सरह सुविधा दिन सकिने बताउनुभयो।
  • गोरखा सैनिकप्रति सम्मान: उहाँले ब्रिटिश गोरखा सैनिकहरूको इतिहास गर्विलो रहेको र उनीहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम भएको बताउनुभयो।
  • समिति र छलफलको प्रक्रियामा जोड: गोरखा सैनिकबारे समिति र संसदमा छलफल जारी रहेको र त्यसको निष्कर्ष संसदबाट आउने उल्लेख गर्नुभयो।

काठमाडौँ-

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताउनु भयो । नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताउनु भयो । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताउनु भयो । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने जिकिर गर्नुभयो ।

सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताउनु भयो । उहाँले ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताउनु भयो । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस