नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको बताउनु भयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताउनु भयो । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको बताउनु भयो ।
हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गर्नुभयो । नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको जिकिर गर्नुभयो । नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको बताउनु भयो । संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने बताउनु भयो ।
अध्यक्ष भट्टराईले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको बताउनु भयो ।