२०८२ असार १७ गते, मंगलवार ०४:४६

रूसले इरानसँग लामो समयदेखिको मैत्रीपूर्ण र स्थिर सम्बन्ध राखेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • रूसी राष्ट्रपति पुटिनले इरानमाथिको आक्रमणलाई अकारण र अन्यायपूर्ण भनेका छन्।
  • रूसले इरानसँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध कायम रहेको र हालको टकरावप्रति स्पष्ट अडान लिएको जनाएको छ
  • अमेरिका–इजरायल टकराव अस्वीकार गर्दै रूसले वार्तामार्फत समाधान खोज्न र आक्रोश अन्त्य गर्न संयुक्त राष्ट्रमार्फत आह्वान गरेको छ।

काठमाडौं –

इरान विरुद्धको अकारण आक्रमणको कुनै आधार वा औचित्य नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

चलिरहेका घटनाहरूमा आफूहरुको अडान सर्वविदित रहेको बताउनु भयो । रूसले इरानसँग लामो समयदेखिको मैत्रीपूर्ण र स्थिर सम्बन्ध राखेको बताउनु भयो । मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई कारबाही गर्न आह्वान गरेको छ ।

अमेरिकी र इजरायली टकरावलाई सामूहिक रूपमा अस्वीकार गर्नुपर्ने बताएको छ । रुसले आक्रामकताको अन्त्य र वार्तामा फर्कन आह्वान गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस