२०८२ असार १६ गते, सोमबार १५:१४

मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्‍यो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपालले एसीसी यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा जापानलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।
  • नेपालका शुभम खनालले पाँच विकेट लिए भने शिवान्स बजगाईं र प्रसिद्ध जैशीको ब्याटिङले ८१ रनको लक्ष्य सजिलै पुरा गरियो।
  • प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ कुल १० टोली सहभागी छन्।

काठमाडौं –

नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गर्‍यो ।

जापानले प्रस्तुत गरेको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको सहज जितमा शिवान्स बजगाईंले नटआउट ३८ रन र प्रसिद्ध जैशीले ३३ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन जोडे भने गबी हाराहिन्जले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि शुभम खनालले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । अभय यादवले दुई विकेट हात पारे भने सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक कार्यतालिका अनुसार आयोजित यो प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस