२०८२ असार १७ गते, मंगलवार ०१:१०

भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अराजकता फैलाउने र असंसदीय काम गरेको आरोप लगाएका छन्।
  • गैरेले भिजिट भिसा प्रकरणले संसद र जनताको ध्यानाकर्षण गराएको बताउँदै दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने धारणा राखे।
  • उहाँले रास्वपाले संसद बहिष्कार गरेर छानबिन प्रक्रियालाई नबुझी नकारात्मक वातावरण बनाउने काम गरिरहेको टिप्पणी गरे।

काठमाडौं –

नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताउनु भयो ।

संसद बहिष्कार गरेर गएकाहरुले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानविन समितिको बारेमा बुझ्न नसकेको जिकिर गर्नुभयो । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी रास्वपाले काम गरिरहेको बताउनु भयो ।

उहाँले संसदीय गतिविधिलाई मलजल गर्नेगरी रास्वपाले काम गरेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस