२०८२ असार १७ गते, मंगलवार ००:५१

राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समितिप्रति आपत्ति जनाउँदै त्यसलाई पक्षपाती र भ्रम सिर्जना गर्ने प्रयास भनेका छन्।
  • शाहीले विगत १८ वर्षमा १४ जना गृहमन्त्री भएको उल्लेख गर्दै सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे।
  • उनले छानबिन समितिमा संलग्न कर्मचारीहरू निष्पक्ष नहुने भन्दै सरकारको कदमलाई अपराध ढाकछोप गर्ने प्रपोगाण्डा भनेका छन् र राप्रपा सडक र सदनमा विरोधमा उत्रने चेतावनी दिएका छन्।

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाउनुभएको हो । उहाँले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा दुधको साक्षी बिरालो भएको बताउनु भयो ।

उहाँले दुधको साक्षी बिरालो राखेर समस्याको समाधान हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर छानबिन समितिले विधिको शासन स्थापना नगर्ने बताउनु भयो ।

उहाँले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गर्नुभयो । उहाँले सरकारको यो प्रोपोगाण्डाकाविरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुने बताउनु भयो ।

उहाँले यो मान्छे बेच्ने प्रक्रिया भएको बताउँदै सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस