२०८२ असार १७ गते, मंगलवार ००:३५

झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौंमा आए ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • इरान–अमेरिका तनावका कारण खाडी उडानहरू स्थगित हुँदा साउदी, दुबई, स्पेन आदि जान आएका सयौं नेपाली यात्रु त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्।
  • हिमालय एयरलाइन्स र कतार एयरलाइन्सको टिकट लिएका यात्रुहरू बिना पूर्वसूचना उड्न नपाई खाना–बसोबासको व्यवस्था बिना संकटमा छन्।
  • पीडित यात्रुहरूले सरकारले कुनै सहजीकरण नगरेको भन्दै गुनासो गरेका छन्।

काठमाडौं –

बर्खायम्, हिलाम्मे बाटो । बुटबल– दाउन्ने–नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौं आए । साउदी अरब जान काठमाडौं आएका दिनेश यतिबेला काठमाडौंमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौं आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।

दिनेशलाई उडान किन रोकियो त्यो पनि थाहा छैन ।
झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौंमा आए । राति ११ बजेर ४५ मिनेटको उडान भएपनि उनी उड्न पाएनन् । इरानले कतारमा आक्रमण गरेपछि सबै उडान रोकिएपछि अहिलेसम्म उड्न नपाएको सुनुवार बताउछन् ।

उनले काठमाडौंमा आफूहरु अलपत्र परेको बताए । सुनुवारकाअनुसार खाना बस्नका लागि कुनै केही व्यवस्था छैन । उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए ।
स्पेन जानका लागि पोखराबाट काठमाडौं आएकी हिमा कार्की अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी छन् ।

उहाँकाअनुसार कतार एयरलाइन्सले पनि यात्रुलाई होटलको व्यवस्था गरेर राख्नुपथ्र्यो । तर सयौं यात्रु अलपत्र पारेको छ । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौं आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।

अहिले आफूहरु अलपत्र परेको उनले बताए । खाना बस्नका लागि आफूहरुसँग पैसा पनि नभएको उनको भनाई छ । उनीहरुजस्तै सयौँ जना यतिबेला त्रिभुवन विमानस्थलमा अलपत्र छन् । कतिबेला उड्ने उनीहरुलाई पत्तो छैन ।राज्यले पनि सहजीकरण गर्न सकिरहेको छैन । इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । रातिदेखि खाडिका उडान बन्द भएपछि सरकारले अलपत्र यात्रुका बारेमा चासो नदेखाएको उड्न नपाएका अलपत्र यात्रुहरुले बताएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस