२०८२ असार १७ गते, मंगलवार ००:१०

सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गठर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समितिलाई नौ वटा कार्यादेश दिएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सरकारले भिजिट भिसा र अध्यागमन समस्याको समाधानका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी ९ वटा कार्यादेश दिएको छ।
  • समितिलाई नीति, कानुन, संरचना, कर्मचारी व्यवस्थापन र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा सुधार प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ।
  • समितिले कार्यविधि आफैं बनाएर सरोकारवाला पक्षसँग सल्लाह सुझाव संकलन गर्न सक्नेछ।

काठमाडौं –

सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गठर्न गठित उच्चस्तरीय अध्ययन एवं छानविन समितिलाई नौ वटा कार्यादेश दिएको छ ।

पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानविन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालिन र दीर्घकालिन कार्ययोजना प्रश्तुत गर्ने, अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रने यात्रुलाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सोको मस्यौदासहितको सुझाव पेश गर्न र अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रश्तावसहितको सुझाव पेश गर्ने कार्यादेश रहेको छ ।

त्यसैगरी अध्यागमन व्यवस्थापन र नागरिकहरुको आवत जावतमा समस्या सिर्जना हुन नदिन संवद्ध निकायहरुबीचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्थाबारे सुझाव पेश गर्ने, नागरिकको यात्रा सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यास गरी नेपालको परिवेश अनुकूल कार्यान्वयन गर्नसकिने सुझाव पेश गर्नेलगायत ९ वटा कार्यादेश रहेको गृहमन्त्रीले जानकारी दिनुभयो ।

समितिले सबैसँग सल्लाह र सुझाव संकलन गर्नसक्ने र कार्यविधि आफैं बनाउन सक्ने गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस