२०८२ असार १७ गते, मंगलवार ०१:३४

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकको स्वच्छ छवि र बेदाग चरित्रको प्रशंसा गर्नुभएको छ।
  • घिमिरेले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष र सदासयतापूर्वक काम गर्ने गृहमन्त्री लेखकमा विश्वास व्यक्त गर्नुभयो।
  • उहाँले संसद बहिष्कार गर्ने रास्वपा र राप्रपालाई समितिलाई समर्थन गर्न र संसद नियमित सञ्चालनमा जिम्मेवार भएर सहभागी हुन आग्रह गर्नुभयो।

काठमाडौं –

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गर्नुभएको हो । उहाँले गृहमन्त्री लेखक पटक पटक मन्त्री हुनुभएको बेदाग चरित्र रहेको समेत बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गर्नुभयो ।

उहाँले संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गर्नुभयो । उहाँले संसदलाई नियमित सुचारु गर्ने कुरामा रास्वपा र राप्रपाको पनि जिम्मेवारी हुने बताउँदै उक्त कर्तव्य निर्वाह आग्रह गर्नुभयो ।

उहाँले सरकारले गठन गरेको समितिले राम्रो ढङ्गले काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस