२०८२ असार १७ गते, मंगलवार ०१:३४

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अघि बढाउने लक्ष्य लिइएको बताउनुभयो।
  • उहाँले सूचना प्रविधिमार्फत रोजगारी सिर्जना, आर्थिक रूपान्तरण र समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अघि सारिएको उल्लेख गर्नुभयो।
  • मन्त्रालयले सूचक लक्ष्य प्राप्तिका लागि वार्षिक कार्यक्रमको एकीकृत कार्ययोजना बनाएर कार्यान्वयन अघि बढाउने स्पष्ट पार्नुभयो।

काठमाडौं –

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंलगवारको बैठकमा विनियोजन शिर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुब्बाले यस्तो बताउनुभएको हो । उहाँले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रुपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालिन सोच अगाडि बढाएको स्पष्ट पार्नुभयो ।

सुशासन र विद्युतीय शासन प्रबद्र्धन एवं सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै उहाँले बजेटमा विनियोजित बजेट मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित छ वटा क्षेत्रमा आधारित रहेको जानकारी दिनुभयो ।

उहाँले मन्त्रालय सम्बद्ध विषयहरुको कार्यान्वयन र तोकिएका सूचकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरी सोहीअनुरुप अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस