२०८२ असार १७ गते, मंगलवार ००:५८

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद, संविधान, लोकतन्त्र र प्रणालीप्रतिको अपमान सह्य नहुने चेतावनी दिनुभयो।
  • संविधान र प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासलाई अघि बढाउनु सरकारको कर्तव्य भएको उहाँको भनाइ छ।
  • उहाँले सांसदहरूलाई संयमता अपनाएर बोल्न र संसदको गरिमा कायम राख्न आग्रह गर्नुभयो।

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्द उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले ‘संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराउनु भयो ।

अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको बताउनु भयो ।

आफूमाथि कुने गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरुको बलिदानप्रतिको अपमान सहन नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले बोल्दा संयम अपनाएर बोल्न पनि आग्रह गर्नुभयो । संसदले कुनैपनि कुरालाई हल्का ढंगले लिन नहुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस