२०८२ असार १७ गते, मंगलवार ०१:३२

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, राजस्व चुहावट रोकथाम र सम्पत्ति शुद्धीकरणमा सरकार दृढ रहेको बताउनुभयो।
  • सुशासन र विकासलाई अगाडि बढाउँदै संविधान र प्रणालीको रक्षा गर्नु सरकारको कर्तव्य रहेको उल्लेख गर्नुभयो।
  • आतङ्कवादी वित्तीय संलग्नता र अवैध विदेशी विनिमय नियन्त्रण गर्न सम्बन्धित विभागहरू मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको जानकारी दिनुभयो।

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । भ्रष्टाचार न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण र सम्पती शुद्धीकरण जस्ता गम्भीर मुद्दामा सरकार दृढ रहेको उहाँको दाबी छ ।

उहाँले आतङ्कवादी क्रियाकलापमा वित्तीय संलग्नता, अवैध विदेशी विनिमयको ओसारपसार र आर्थिक अपचलन नियन्त्रणका राजश्व अनुसन्धान विभाग र सम्पती शुद्धीकरण विभागलाई मन्त्रीपरिषद्को कार्यालय मातहत ल्याइएको बताउनु भयो ।

संविधान र प्रणालीको रक्षा गर्दै सुशासन र विकासका कार्यहरु अगाडि बढाउनु सरकारले आफ्नो कर्तव्य ठानेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्धिको आधारमा अगाडि बढ्नेगरी संविधानको संशोधन गर्न समेत प्रश्ताव गर्नुभएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस