२०८२ पुष २४ गते, बिहीबार ०३:४८

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्ड बैठक बस्ने

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  एसईई नतिजा अन्तिम चरणमा – राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ, र आज बोर्ड बैठक बस्ने तयारी गरिएको छ।
  • विद्यार्थी संख्या – यस वर्ष नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भए।
  • नतिजा प्रकाशन समय – बोर्डले असार दोस्रो साताभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखेको थियो, र आजको बैठकपछि नतिजा सार्वजनिक हुने मिति स्पष्ट हुने अपेक्षा गरिएको छ।

काठमाडौं-

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजालाई अन्तिम रूप दिन आज बोर्ड बैठक बस्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा तयारीको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने, “नतिजा प्रकाशनका लागि औपचारिक निर्णय आवश्यक छ, त्यसैले आज बोर्ड बैठक बस्ने सम्भावना छ।” यद्यपि, बैठकको समय भने निश्चित भइसकेको छैन।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि (पुनः परीक्षा) तर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

बोर्डले यसअघि असार दोस्रो साताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको थियो। आजको बैठकपछि नतिजा कहिले सार्वजनिक हुने भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस