२०८२ असार १६ गते, सोमबार १४:४४

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजस्व छलीको आशङ्कामा सामानसहित एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  राजस्व छलीको आशङ्का – बाराको जीतपुरमा प्रहरीले चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार मूल्यको राजस्व छली भएको आशङ्कामा कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ।
  • सामानको विवरण – ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत बिल–बिजकभन्दा बढी मात्रामा खुद्रा सामान फेला परेको छ।
  • ]अनुसन्धान प्रक्रिया – ट्रक र सामानलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ।

बारा –

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजस्व छलीको आशङ्कामा सामानसहित एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीबार साँझ मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको ट्रक रोकेर जाँच गरेको थियो। वीरगन्जबाट सिमरातर्फ गइरहेको उक्त ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा मालसामान फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मूल्याङ्कनमा जफत गरिएको सामानको बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रुपैयाँ रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए।

जफत गरिएको सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस