२०८२ असार १६ गते, सोमबार २०:५५

सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सुनचाँदी व्यवसायी पुनः आन्दोलनमा – सरकारले सुनमा २% विलासिता कर र हिरामा १३% मूल्य अभिवृद्धि कर लगाएको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिए।
  • सटर बन्द गरेर विरोध – काठमाडौंको न्युरोडलगायत विभिन्न स्थानमा सुनचाँदी पसलहरू बन्द गर्दै विरोध जनाइरहेका छन्।
  • माग सम्बोधन नभएको गुनासो – बजेटमा माग सम्बोधन नहुँदा पुनः आन्दोलन थालेको व्यवसायीहरूको भनाइ छ, यद्यपि प्रधानमन्त्रीको अघिल्लो आश्वासनपछि केही समय स्थगित गरिएको थियो।

काठमाडौं-

सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले सटर बन्द गरेका हुन् ।

न्युरोड लगायका स्थानहरुमा सुनचाँदी पस बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।

 

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस