२०८२ असार १६ गते, सोमबार २०:५४

नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई विद्यालयको अंग बनाउनुपर्ने बताउनुभएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  बालविकासलाई विद्यालयको अंग बनाउने माग – सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ECD) लाई विद्यालयको अभिन्न अंग बनाउनुपर्ने बताएका छन्।
  • उपसमितिको निर्णयमा समर्थन – उपसमितिले यस विषयमा निर्णय गरिसकेको हुँदा पुनः छलफल आवश्यक नभएको र निर्णयलाई सिधै पारित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
  • बालविकासको महत्त्वमा जोड – चीनको उदाहरण दिँदै, नैतिक शिक्षा र सामाजिक व्यवहार सिकाउने प्रारम्भिक शिक्षा जीवनको आधार भएकाले यसलाई उपेक्षा गर्न नमिल्ने बताउनुभयो।

काठमाडौं-

नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई विद्यालयको अंग बनाउनुपर्ने बताउनुभएको छ।

शुक्रवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले बालविकास क्षेत्र मानव जीवनको पहिलो खुड्किलो भएको र उपसमितिले पनि टुंग्याइसकेको विषयमा छलफल आवश्यक नरहेको बताउनु भयो ।

सांसद भण्डारीले चीनको उदाहरण दिँदै आपूmलाई सुरक्षित गर्ने, नैतिक शिक्षा ग्रहण गर्ने, कसरी पढ्ने, आगन्तुकको स्वागतदेखि विदाइसम्मका कुराहरु यसमा पर्ने भएकाले इसीडीका विषय नसमेटिनु स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले संसदको संख्या घटाउने, सल्लाहकार घटाउनेलगायतका विषयमा सहमति गर्न सकिने तर उपसमितिको निर्णय स्वागतयोग्य भएकाले कुनै छलफल नगरी पारित गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले उपसमितिको निर्णय सही भएको भन्दै मन्त्री फेरिएसँगै हरेकपटक छलफल गरिरहनुको कुनै औचित्य नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस