२०८२ असार १६ गते, सोमबार १४:५०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • भारतीय चेकपोस्ट निर्माण: वीरगन्ज–रक्सौलस्थित मितेरी पुल नजिकै १० गज्जा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एकतर्फी रूपमा अस्थायी चेकपोस्ट निर्माण शुरू गरेको छ।
  • स्थानीयको चिन्ता: स्थानीयवासीले यो कदमले नेपाल–भारत मित्रता र विश्वासमा आघात पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्, खुला सीमामा तनाव बढ्ने आशंका।
  • पहिलेकै विवाद दोहोरियो: रक्सौलमा यसअघि पनि भारतीय पक्षले बनाएको चेकपोस्ट स्थानीय विरोधपछि हटाइएको थियो, हालको निर्माणले पुनः विवाद निम्त्याउने सम्भावना।

वीरगन्ज-

भारत–नेपाल सीमाको रक्सौलस्थित मितेरी पुल नजिकैको १० गज्जा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी चेकपोस्ट निर्माण शुरू गरेको छ। नेपालको प्रमुख प्रवेशद्वार र औद्योगिक नगरी वीरगन्ज–रक्सौलमा भारतीय सशस्त्र सीमा बलले एकतर्फी रूपमा चेकपोस्ट बनाउन थालेको हो।

भारतीय सीमा बलको ४७औं बटालियनका सहायक कमान्डेन्ट दीपांशु चौहानको नेतृत्वमा प्रहरी निरीक्षक कोमल सिंह र अरबिन्द कुमार यादवको कमान्डमा मितेरी पुलको दायाँ–बायाँ पैदल हिँड्ने बाटोमा पुलको जग्गा अतिक्रमण गरी निर्माण कार्य भइरहेको छ। भारतीय स्रोतका अनुसार चेकपोस्टमा ५०–६० जवान तैनाथ गरिने योजना छ।

स्थानीयवासीले यो कदमले दुई देशबीचको मित्रता र सद्भावमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। एक स्थानीयले भने, “खुला सीमामा यस्ता एकपक्षीय गतिविधिले विश्वासमाथि आघात पुर्‍याउँछ।” चेकपोस्टले भारत–नेपाल जनताबीचको ऐतिहासिक सम्बन्धमा दूरी बढ्ने आशंका गरिएको छ।

यसअघि पनि रक्सौलमा भारतीय पक्षले यस्तै चेकपोस्ट बनाएको थियो, तर स्थानीयको विरोधपछि हटाइएको थियो। हालको निर्माणले पुनः विवाद निम्त्याउने सम्भावना छ।

प्रतिक्रिया

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस