नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताउनुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच कम हुँदै गएको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरु विचाराधिन रहेको बताउनु भयो ।
उहाँले ति मुद्दालाई अघि बढाउन सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापासँग तपाईंका योजना के छन् भन्दै प्रश्न गर्नुभयो । न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराउनु भयो ।
उहाँले संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।