२०८२ आश्विन २० गते, सोमबार १८:२६

मधेश प्रदेशमा ताजिया पर्वलाई लक्षित गरी धार्मिक द्धन्द फैलाउने योजना, १ दर्जन बंगलादेशी र पकिसतानि सक्रिय

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • संदिग्ध सक्रिय: मधेश प्रदेशमा बंगलादेशी र पाकिस्तानीहरूले धार्मिक द्धन्द र आतंकी योजनाको रेकी गरेको खुफिया जानकारी
  • बंगलादेशी पक्राउ: रक्सौलमा एसएसबीले बंगलादेशी अहमद सैयद इकबाललाई पक्राउ गर्‍यो, ताजिया पर्वमा द्धन्द भड्काउने आशंका।

रक्सौल-

भारत-नेपाल सीमाको मधेश प्रदेशस्थित रक्सौलको मैत्री पुलमा सशस्त्र सीमा बल (एसएसबी) को ४७औं बटालियनले शुक्रबार एक बंगलादेशी नागरिक अहमद सैयद इकबाललाई पक्राउ गरेको छ। भारतीय खुफिया विभागका अनुसार, इकबाल २२ जूनमा नेपाल प्रवेश गरेका थिए र उनीसहित आधा दर्जन संदिग्धहरूले मधेश प्रदेशका विभिन्न क्षेत्रमा आतंकी गतिविधि र मुस्लिम समुदायको पवित्र पर्व ताजिया (दाहा) लाई लक्षित गरी धार्मिक द्धन्द फैलाउने उद्देश्यले रेकी गरिरहेको आशंका छ।

भारतीय सुरक्षा स्रोतका अनुसार, बंगलादेशी र पाकिस्तानी नागरिकहरूले खुला सीमाको फाइदा उठाउँदै मधेश प्रदेशका जिल्लाहरूमा प्रवेश गरेका छन्। यी संदिग्धहरूले ताजिया पर्वको समयमा धार्मिक द्धन्द भड्काउने र आतंकी घटना घटाउने योजनामा रहेको खुफिया जानकारी प्राप्त भएको छ। प्रारम्भिक अनुसन्धानमा इकबालको गिरफ्तारीले थप रहस्य खुल्ने अपेक्षा गरिएको छ, तर स्रोतहरूले दावी गरेका छन् कि दर्जनभन्दा बढी बंगलादेशी र पाकिस्तानी नागरिकहरू हाल मधेश प्रदेशमा रेकीमा संलग्न छन्।

भारत-नेपाल सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ। एसएसबीले २४ घण्टा निगरानी र सघन जाँच अभियान सञ्चालन गरिरहेको छ। नकली आधार कार्ड र जाली कागजातहरू जाँच्न हाईटेक स्क्यानरहरू तैनाथ गरिएको छ। मधेश प्रदेशको वीरगन्ज, रक्सौल, र अन्य सीमावर्ती क्षेत्रमा अतिरिक्त सुरक्षा बलहरू परिचालित छन्।

छपकैयामा हनुमान जयन्तीको समयमा भएको झडपले धार्मिक संवेदनशीलताको महत्त्व उजागर गरेको छ। यो घटनाले ताजिया पर्वको समयमा सम्भावित द्धन्दलाई रोक्न स्थानीय सरकार र सुरक्षा निकायहरूलाई सचेत बनाउनुको साथै चुनैति थपिएको छ ।

भारत-नेपाल सीमाको रक्सौलमा बंगलादेशी नागरिक पक्राउ, आतंकी गतिविधिको आशंकामा सुरक्षा कडा

पोडकास्ट सुन्नुहोस