२०८३ असार ११ गते, बिहीबार ०१:५५

अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा

सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रत्यक्ष प्रशारण: सभापति शेरबहादुर देउवाले आगामी केन्द्रीय समिति बैठकहरू प्रत्यक्ष प्रशारण गर्ने घोषणा गर्नुभयो।
  • प्रशारणको कारण: नेताहरूका कुरा बाहिर सञ्चारमाध्यममार्फत जाने भएकोले प्रत्यक्ष प्रशारणले बैठक प्रभावकारी हुने देउवाको भनाइ छ।
  • नेताहरूको रुचि: सबै नेताहरूले आफ्ना भनाइ मिडियामार्फत जनतासमक्ष पुर्‍याउन चाहने भएकाले प्रशारण गरिने।

काठमाडौं-

सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताउनुभएको हो । उहाँले प्रत्यक्ष प्रशारण गरेको भए केन्द्रिय समितिको बैठक अझ राम्रो हुने धारणा राख्नुभयो ।

केन्द्रिय समितिमा नेताहरुले बोलेका कुराहरु बाहिर गएर सबै सञ्चारकर्मीहरुसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताउनु भयो । आगामी दिनमा सबै केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण हुने घोषणा गर्नुभयो ।

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रशारण हुने बताउनु भयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस