२०८२ असार २६ गते, बिहीबार ११:१०

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • घरजग्गामा कर्जा नियन्त्रण: घरजग्गामा अत्यधिक लगानी भइसकेकाले थप कर्जा विस्तार रोक्नुपर्छ। बैंकहरू ठूला उद्योगलाई मात्र कर्जा दिन रुचाउँछन्।
  • कृषि र उत्पादनमा कर्जा प्रोत्साहन: व्यवसायिक कृषिलाई कर्जा दिने नीति चाहिन्छ। कृषि क्षेत्रमा कर्जा अझै अपर्याप्त छ।
  • नियमन र कर्पोरेट संस्कृति: सुपरभिजन कम, नियम बढी भएको छ। कर्पोरेट संस्कृतिलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ।

काठमाडौं-

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताउनुभएको छ ।

आज अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उहाँले घरजग्गामा अत्याधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताउनु भयो । उहाँकाअनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन ।

बैंकहरुले ठूला उद्योगहरुलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको बताउनु भयो । महतकाअनुसार कृषि विकास बैंकले हाइड्रो पावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।

उहाँकाअनुसार व्यवसायीक रुपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्छ । सुपरभिजन कम भो, रेगुलेसन बढि भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस